काठमाडौँ । बुधबार नेप्से परिसूचक एकल अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२८ प्रतिशतले बढ्न पुगेको हो ।
शेयर बजारमा १३ वटा उपसमूह मध्य आज ६ उपसमूहका परिसूचक घटेका छन् भने सात उपसमूहका परिसूचक बढेका छन् । आज सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ६.५६ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा ट्रेडिंग उपसमूह रह्यो जसको परिसूचक ०.३७ प्रतिशतले घटना पुगेको छ।
यस दिन नेप्सेमा ४.२५ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा १३१ कम्पनी बढेका छन् भने ११२ कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज नेपाल फाइनान्स लिमिटेड, पांचथर पावर कम्पनी, समाज लघुवित्त, बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा पिपुल्स पोर लिमिटेड रह्यो जसको शेयर ५.८१ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा प्राइम कमर्सियल बैंकको प्रमोटर शेयर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !