धनगढी । धनगढीस्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजका एक प्राध्यापक पक्राउ परेका छन्। बीएचएम प्रोग्रामका कोर्डिनेटरसमेत रहेका अन्दाजी ३३ वर्षीय डिल्लीराज भण्डारीलाई शनिवार कैलाली प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार क्याम्पसमा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा भण्डारीलाई समातिएको हो। क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो।
ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुर्व्यवहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो। त्यसपछि हिजो प्रहरीले भण्डारीलाई समातेर थुनेको छ। यस्तै आइतबार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !