धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले २ वटा महाप्रस्थान यान खरिद गरेको छ । नगरपालिकाले ४१ लाख ९३ हजार आठ सयका २ वटा मिनी ट्रक खरिद गरिएको हो ।
नगरपालिकाले बोलपत्र मार्फत खरिद गरेका मिनी ट्रकलाई महाप्रस्थान यान ९शव बाहन० बनाइएको छ । नगर प्रमुख सुशीला शाहीले २ वटा शव बाहनले सेवा दिने बताइन । लम्की चुहा नगरपालिकाका नागरिकलाई चिसापानी आर्यघाटसम्म शव बोक्नका लागि यान प्रयोग गरिने छ ।
नगरपालिकाले आफ्ना नागरिकको अन्तिम यात्राका लागि निः शुल्क सवारी सहयोग गर्ने भएको हो। नगर प्रमुख शाहीले भनिन्, ‘जनताले कर तिर्नु भएको छ। हामीले निर्वाचनको समयमा नै भनेका थियौ । पटक पटक बोलपत्र आह्वान गरेका थियौ । तर, बोलपत्र नपरेकाले ढिलो भएको छ। अब नागरिकले निः शुल्क शव बाहन प्रयोग गर्न पाउनेछन् ।
लम्कीचुहा नगरपालिका भित्रका नागरिकको मृत्यु भएपछि चिसापानी आर्यघाटसम्म लैजान निः शुल्क सवारीको सुविधा दिन थालिएको हो । कर्णाली आर्यघाटसम्म नागरिकको मृत्यु भएपछि शव बोक्न महाप्रस्थान यान सहयोग गरिने नगरपालिकाले बताएको छ ।
तर, लम्कीचुहा नगरपालिका बाहिरका नागरिकको हकमा सेवा दिने वा नदिने भन्ने विषयमा नगर सभामा छलफल भएको छैन । नगर सभाबाट महाप्रस्थान यान सञ्चालन कार्यविधिसमेत तयार गर्ने योजनामा नगरपालिका रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !