धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा अगामी फागुन १९ गते देखी गौरीगंगा गोल्ड कप हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै गौरीगंगा ११ स्पोर्टस क्लबले प्रतियोगिताबारे जानकारी दिएको छ ।
फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताए ।
उत्कृष्ट खेलाडीले ५० हजार ,प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५्१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने अध्यक्ष कलेलले जानकारी दिए ।
उनले चौथो संस्करणको खेलको तयारी सुरु भएको जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरीगङ्गाको लिक्मा खेलमैदानमा आयोजना हुने छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताएका थिए। गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !