धनगढी । राष्ट्रियतावादी नेपाली कथानक चलचित्र काँडेतारको च्यारेटि सो बाट उठेको रकम मध्ये ५० हजार शहिद गोविन्द गौतमका बुबा खेमलाल गौतमलाई हस्तान्तरण गरिएको छ । आज आइतबार चलचित्रका नायक तथा निर्माता नवल खड्काले पुर्नवास स्थित गौतमको शालिकमा माल्यार्पण गर्दै रकम हस्तान्तरण गरेका हुन् ।
सिमा विवादका क्रममा भारतीय पक्षबाट गोली चल्दा मारिएका कञ्चनपुरको पुनर्वासका शहिद गौतमका परिवारको आर्थिक अवस्था नाजुक भएको र गोबिन्दको सम्मान स्वरुप रु ५० हजार रकम घरमै पुगेर हस्तानतरण गरिएको राष्ट्रवादी चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार नवल खड्काले बताए ।
चलचित्र काँडेतारको कथाबस्तुले पनि आफ्नो भुमिको रक्षा गर्नु पर्ने र सिमा क्षेत्रमा काँडेतार बनेर उभिनु पर्ने उनले बताए । कञ्चनपुर पुनरवासका शहिद गोबिन्द गौतमले पनि आफ्नो सिमा सुरक्षा गर्ने क्रममा नै वीरगति प्राप्त गरेकाले देशका लागि ज्यूज्यान दिनेहरुको सम्मान र सम्झना स्वरुप सहयोग रकम हस्तारतण गरेको चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार खड्काले बताए ।
२०७३ फागुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको मृत्यु भएको थियो ।
यो अवधिमा सो क्षेत्रको सीमा विवाद त समाधान भएन नै, गौतमको परिवार पनि छिन्नभिन्न भएको छ । सरकारले गोविन्द गौतमलाई सहिद घोषणा गरे पनि उनको बलिदान, आफ्नो भूभाग रक्षार्थ सो क्षेत्रका बासिन्दाले गर्दै आएको संघर्ष र उनीहरुको चिन्ताबारे राज्यका तर्फबाट खासै चासो राखेको पाइँदैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !