धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-६ वनबेहडामा धनगढीको सी.पी.अस्पतालको सहयोग र बास नेपाल कैलाली शाखाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज शनिबार वनबेहडा स्थित अमर माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७५८ जना बिरामीले सेवा लिएका छन् ।
शिविरमा शसस्त्र प्रहरी बलका प्रहरी जवान सहित ३५५ जना पुरुष र ३०३ जना महिलाले निशुल्क उपचार सेवा लिएका छन् । भने ५९ जना बिरामीको निशुल्क भिडियो एक्सरे गरिएको अस्पतालले जनाएको छ । शिविरमा सेवा लिएका विरामीलाई भिडियो एक्सरे,औषधी,चेक,जाँच निशुल्क गरिएको थियो ।
स्वास्थ्य शिविरमा पत्थरी,नाक,कान, घाँटी सम्बन्धि समस्या,दिर्घरोगीहरु,ब्लड प्रेसरका विरामीहरु,पाइल्स,हाडजोर्नी सम्बन्धि समस्या लगायत अन्य विभिन्न समस्या भएका बिरामीहरुको सहभागिता रहेको जनाइएको छ ।
शिविरमा सहभागि बिरामीहरुले चेक,जाँच,उपचार,औषधी,भिडियो एक्सरे निशुल्क रुपमा गर्न पाएकोमा खुसी व्यक्त गर्दै आयोजक बास नेपाल र सहयोगी सी.पी अस्पतालाई धन्यवाद ज्ञापन गरेका थिए ।
स्वास्थ शिविरको औपचारिक कार्यक्रममा बोल्दै नगरप्रमुख कडेंलले सी.पी अस्पताल र बास नेपालले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस्ता शिविरलाई आगामी दिनमा बढाउँदै जानुपर्ने बताए । उनले सी.पी अस्पताल नीजि अस्पताल भएर पनि विपन्न,गरिबलाई निशुल्क उपचार सेवा दिएकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न अनुरोध गरे ।
आयोजक बास नेपाल कैलाली शाखाका अध्यक्ष चिरञ्जीवि छेडालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा गौरीगंगा नगरपालिकाका मेयर देविदत्त कडेल प्रमुख अतिथि रहेका थिए । बिष्टि अतिथिमा उपमेयर भोज बहादुर बम र सी.पी अस्पताल प्रमुख चन्द्र प्रकाश पाण्डे रहेका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !