महेन्द्रनगर : मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त ग¥यो ।
यस्तै, नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो । पुलिसले आर्मीलाई ३–१ ले पराजित ग¥यो । तेस्रो भएको पुलिसले एक लाख प्राप्त ग¥यो ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेशका टोली सहभागी भएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !