धनगढी । वि.स २०७१ सालदेखि सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको कालिका एजुकेशन सुदूरपश्चिमका विद्यार्थीहरुको पहिलो रोजाई बन्दै गएको छ । लामो अनुभव,अनुभवि तथा दक्ष शिक्षक र कुशल व्यवस्थापनका कारण कालिका एजुकेसन विद्यार्थीहरुको पहिलो रोजाई बन्दै गएको हो । कालिका एजुकेसनमा विद्यार्थीहरु लोकसेवा आयोग,शिक्षक सेवा आयोग,ब्रिजकोर्स,भाषा कक्षाहरु,कम्प्युटर कक्षाहरु, विभिन्न कक्षाका टिउसनहरु , एसईई प्याकेज कक्षाहरु पढ्न कै लागि प्रदेशका विभिन्न जिल्लाहरुबाट आउने गरेका छन् ।
धनगढी मेनरोड बौद्ध मार्गमा रहेको एजुकेशन सेन्टरले हजारौ विद्यार्थीलाई लोकसेवा आयोग,शिक्षक सेवा आयोग लगायत विभिन्न परिक्षा हरु पास गराउन सफल भएको छ । भने कयौं विद्यार्थीहरुको जापानी,कोरियन भाषा पढेर रोजगारी गर्न जाने सपना पुरा गरेको छ । विद्यार्थीहरुलाई अंग्रेजी भाषा र कम्प्युटरमा दक्ष बनाई आत्मनिर्भर बनाउन सहयोगी बनेको छ ।
कालिका एजुकेसनले ब्रिजकोर्स पढाएर हजारौं विद्यार्थीको देश विदेशका ख्याति प्राप्त कलेजहरुमा पढ्ने सपना साकार पारेको छ । एसईई पास गर्न असफल भएका विद्यार्थीहरुलाई बिशेष तयारी कक्षा संचालन गरेर शतप्रतिशत विद्यार्थीलाई पास गराउन कालिका एजुकेसन सफल भएको छ ।
९ बर्षे गर्विलो इतिहास भएको कालिका एजुकेसनले शान्त वातावरणमा अनुभवी शिक्षकबाट विभिन्न विषयहरुको पठनपाठन गराउँदै आइरहेको छ । कालिका एजुकेसनमा नियमित रुपमा लोकसेवा आयोग,शिक्षक सेवा आयोग,विभिन्न प्राविधिक धारका तयारी कक्षाहरु,जापानी भाषा,कोरियन भाषा,अंग्रेजी भाषाका कक्षाहरु अनुभवी,दक्ष शिक्षकबाट अध्यापन हुदैँ आएका छन् । भने विद्यार्थीहरुको समस्या र समयलाई मध्यनजर गर्दै काठमाडौंका पाठशाला संग समन्वय गर्दै जापानी भाषाका तयारी कक्षाहरु अनलाइन माध्यमबाट संचालन भइरहेका छन् ।
कालिका एजुकेसनले एसईई परीक्षालाई मध्यनजर गरि सम्पुर्ण विषयका तयारी कक्षाहरु तथा कम्प्युटर कक्षाहरु संचालन गरिरहेको छ ।कालिका एजुकेसनमा बेसिक लेभल देखि डिप्लोमा लेभल सम्मका कम्प्युटर कक्षाहरु संचालन भइरहेका छन् ।
कालिकामा अध्ययनरत विद्यार्थीहरुले कालिका एजुकेसनले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिदै आइरहेको बताएका छन् । बझाङकी सुस्मिता जोशीले कालिका एजुकेसनमा शान्त वातावरणमा सरल रुपमा दक्ष तथा अनुभवी शिक्षकबाट एसईई तयारी कक्षा संचालन भइरहेको बताइन् । उनले प्रोजेक्टरको माध्यमबाट, दक्ष शिक्षकबाट नियमति रुपमा पठनपाठन भइरहेको बताउँदै कालिका एजुकेसन सुदूरपश्चिम कै उत्कृष्ट र विश्वसनीय संस्था भएको दावि गरिन् ।
कालिका एजुकेसनका प्रबन्ध निर्देशक ज्योति प्रकाश जोशीले कालिका एजुकेसनले विगत ९ बर्षदेखि दक्ष,अनुभवी शिक्षकबाट आयोग तयारी कक्षाहरु,विभिन्न भाषा कक्षाहरु,कम्प्युटर कक्षाहरु,स्कुल कलेजका टिउसन,एसईई प्याकेज संचालन गर्दै आएको बताए । उनले कालिकामा पढेका विद्यार्थीहरु हरेक परीक्षामा सफल भइ रहेकोमा खुसी व्यक्त गर्दै आफुले स्थापना कालदेखि नै नाफा भन्दा पनि गुणस्तरमा ध्यान दिएकाले सबैको माया पाउन सफल भएको बताए । साथै उनले सम्पुर्ण विद्यार्थीलाई एकपटक कालिकामा आएर अनुभव गर्न समेत अनुरोध गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !