काठमाडौँ । चीनले त्यहाँको सेयर बजारमा आएको गिरावट रोक्नलाई उद्धार प्याकेजको बारेमा विचार गरेको छ । ‘ब्लूमबर्गका’ अनुसार चिनियाँ राज्यको स्वामित्वमा रहेका उद्यमहरुको खाताहरुबाट करिब २ ट्रिलियन युआन (२७८ अर्ब डलर) परिचालन गर्न खोजिरहेको हो ।
चिनियाँ नीति निर्माताहरुले स्थानीय कोषको ३०० अर्ब युआन पनि अलग राखेका छन् । जुन सरकारी स्वामित्वको वित्तीय फर्म चाइना सेक्युरिटिज फाइनान्स कर्पोरेसन वा सेन्ट्रल हुइजिन इन्भेष्टमेन्ट लिमिटेड मार्फत सेयरहरुमा लगानी गर्न प्रयोग गरिनेछ ।हाल चीनको सेयर बजार विगत ५ वर्षयताकै न्यून विन्दुमा झरेको छ ।
लगानीकर्ताहरुले अर्थतन्त्रलाई पुनरुत्थान गर्न थप नीतिगत सहजताको अपेक्षा गरेका थिए । तर, चीनको केन्द्रीय बैंकले गत सोमबार प्रमुख नीतिगत दर स्थिर राखेपछि बजार सहभागीहरु निरुत्साहित भएका हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !