काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४७ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज ६.३६ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ३६ कम्पनी बढेका छन् भने २०९ कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटे पनि अप्पर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा ९ प्रतिसतबढीको उछाल आएको छ । त्यस्तै लगातार दोस्रो बजारमा प्रवेश भए देखि बढेको हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर आज भने ५.१५ प्रतिशतले घटेर ६४६ मा पुगेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्स नै रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !