काठमाडौं । ओम चाबहिल डेण्टल हस्पिटल कोटेश्वर शाखा दोस्रो वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
ओम चाबहिल डेण्टल हस्पिटल कोटेश्वर शाखाले दोस्रो वर्ष पूरा गरेको अवसरमा कोटेश्वर शाखाबाट माघ महिनाभरी विशेष छुटमा दन्त उपचार गर्ने जनाएको छ । हस्पिटलका संचालक कृष्ण घिमिरेले यस अवसरमा निः शुल्क दन्त परिक्षण गरिने जानकारी दिए ।
ुसुन्दर मुस्कानको लागि स्वस्थ दाँतु भन्ने नाराका साथ २०७५ सालमा चाबहिल चोकमा स्थापना भएको ओम चाबहिल डेण्टल हस्पिटलले स्थापनाको तीन वर्षपछी आफ्नो सेवा विस्तारको क्रममा २०७८ सालमा कोटेश्वरमा शाखा विस्तार गरेको थियो । केही समयमै नै दोस्रो शाखाको रूपमा मधेश प्रदेशको बर्दिबासमा खोल्ने तयारी रहेको संचालक घिमिरेले बताए ।
ओम चाबहिल डेण्टल हस्पिटलले स्थापना कालदेखी नै देशको सुगम देखी दुर्गम क्षेत्रमा निस् शुल्क दन्त परिक्षण शिविरहरु संचालन गर्दै आएको छ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने घिमिरेले बताए । उनले आफ्नो सेवालाई थप सुलभ र परिष्कृत बनाउदै लाने पनि बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !