काठमाडौँ । मुलुकमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) सम्म २२६ उद्योगमध्ये सबैभन्दा धेरै २११ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
यस्तै १२ वटा मझौला र सबैभन्दा कम १२ ठुला उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । साना उद्योगमा कम लगानी गर्न सकिने हुदा प्रतिबद्धता धेरै आउने गरेको विभागको भनाइ छ ।
साना उद्योगमा लगानी गर्नका लागि स्थिर पुुँजी १० करोड रुपियाँसम्म हुनुपर्ने छ । यस्तै मझौला उद्योगमा १० करोडदेखि २५ करोड रुपियाँसम्म स्थिर पुुजी हुनुपर्ने र ठुुला उद्योगमा स्थित पुुँजी ५० करोड रुपियाँभन्दा माथि हुनुपर्ने छ ।
विभागका अनुसार साउनदेखि पुुस महिनासम्म २२६ उद्योगमा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । जसमा सबैभन्दा धेरै पर्यटनमूलक उद्योग १०३, सेवामूलक उद्योग ८३, उत्पादनमूलक २३, सूचना प्रविधिमा आधारित उद्योग २३, कृषिमा आधारित चार, पूर्वाधारजन्य उद्योग चार, खानीजन्य दुई उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार पुुस महिनामा मात्र २७ उद्योगमा एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ८५ उद्योगमा चार खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत लगानी भित्रिने गरेको पाइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !