धनगढी । नेप्से सूचक बुधबार २२०० माथि पुगेको छ। पछिल्लो वियरिस चक्रमा नेप्से सूचकले २२०० विन्दु छोएको यो तेस्रो पटक हो। यसअघि पनि नेप्से सूचक दुई पटक २२०० विन्दुसम्म पुगेर फेरि १८०० विन्दुमा झरेको थियो।
नेप्से सूचकले धेरै पटक २२०० विन्दुलाई परिक्षेण गरि झरेको कारणले पनि यो विन्दुलाई लगानीकर्ताले चासोका साथ हेरिरहेका छन्। बजार २२०० विन्दु माथि टिक्न सके नेप्सेले बुलिस यात्रा तय गर्ने लगानीकर्ताहरुको अनुमान छ।
बुधबार बजार करिब ६ महिनापछि २२०० विन्दुमा पुगेको हो। यो विन्दुमा धेरै लगानीकर्ताहरु फसेको र कारोबार समेत उच्च भएकोले बिक्री चाप उच्च रहने अनुमान गरिएको छ। सो बिक्री चापलाई पचाएर जान सके बजारले बुलिस याता तय गर्नसक्ने जानकारहरु बताउछन्।
यसअघि नेप्से सूचक २२०० विन्दु पुग्दा करिब ७ अर्बको कारोबार भएको थियो भने त्यो भन्दा अघि ९ अर्बसम्मको कारोबार भएको थियो। पछिल्ले समय कारोबार रकम बढ्दै गइरहेको छ मंगलबार ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएका थियो। यो कारोबार पछिल्लो २ वर्ष यताकै उच्च हो। यसरी कारोबार रकम बढ्दै गएकोले पनि बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !