काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बोधराज देवकोटाले राजीनामा दिएका छन् ।देवकोटाले केही साताअघि बैंकको सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका हुन् ।
माघ १ गतेबाट लागु हुने गरि उनले तीन हप्ताअघि पेश गरेको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ ।देवकोटा महालक्ष्मी विकास बैंकमा सिइओ भएपछि विभिन्न सूचकहरुमा उल्लेख्य सुधार भएको थियो ।
देवकोटाले २०७७ साल चैत २ गतेबाट महालक्ष्मी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा आवद्ध भएका थिए । त्यसअघि उनी सिटिजन्स बैंकका डेपुटि सिइओ थिए ।काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका देवकोटासँग अढाइ दशकको बैंकिङ अनुभव छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !