काठमाडौँ । काठमाडौँ शहर घुम्न लाग्छ रहर……....!
कुनै बेला देशको राजधानी काठमाडौँ विकास र चहलपहलका हिसावले स्वच्छ र हराभरा हुँदा सान्दर्भिक लाग्ने माथिका हरफ अचेल कत्ति पनि चित्तबुझ्दा लाग्दैनन् । काठमाडौँका भित्री सडक गल्लीका दुरावस्थाका कारण यी हरफहरु असान्दर्भिक लाग्न पुगेका हुन् ।
मेलम्ची खानेपानी परियोजनाका कारण थिलथिलो बनेको भित्रि सडक पूनः विद्युत प्राधिकरणले केबल भूमिगत बनाउने बहानामा खोतलेर छाडिदिँदा खाल्डैखाल्डा र धुलाम्मे बन्न पुगेका छन् ।सडकको अस्तव्यस्तता र धुलोका कारण व्यापार सुकेपछि कैयौैँ व्यापारीहरु सटर बन्द गरेर पलायन हुन थालेका छन् ।
स्वयम्भू,सोह्रखुट्टे,बालाजु,चमती,रानीवन,धापासी,महाराजगञ्ज,सामाखुशी, कपन लगायतका भित्री एरियाका सडक निकै अस्तव्यस्त बन्न पुगेका छन् । विद्युत प्राधिकरणको काम सुस्त गतिमा चल्दा सर्वसाधारण यात्रु र स्थानीय बासिन्दाले निकै सास्ती खेप्न बाध्य छन् भने धुलोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने जोखिम पनि उत्तिकै बढेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !