धनगढी । चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज जोशी चयन भएका छन् । पत्रकार जोशी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । शुक्रवार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रूपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो ।
पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरिक, सचिव कृत बहादुर विष्ट, सह(सचिव सुनिता बिक, कोषाध्यक्ष शंकर बोहरा चयन भएका छन् । यस्तै सदस्यहरूमा सागर कुश्मी (चौधरी), दिनेश विष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश बडू र गिरिजा पनेरु रहेका छन् । समितिमा ११ जना चयन भएका छन् ।
उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सुदूरपश्चिमको चलचित्र लगायत भाषा, कला, संस्कृतिको विकासमा समिति कोशेढुंगा साबित हुने बताए । हरेक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न चलचित्रको भूमिका महत्त्वपूर्ण रहने बताउँदै उनले भने,‘यसको थप प्रचार प्रसार गर्न चलचित्र पत्रकार संघ नेपाल क्रियाशील रहनु पर्छ ।’
धनगढीमा पनि प्रचार प्रसार हुन नसक्दा चलचित्रहरू बन्ने र चल्ने क्रम घट्दै गएको प्रति उनले चिन्ता व्यक्त गर्दै गरे । यसको संरक्षण र सर्वधनमा लाग्न उनले अनुरोध गरे । केन्द्रीय अध्यक्ष समीर बलामीले उनीहरुलाई सफत ग्रहण समेत गराएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि रहेका नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले कला संस्कृतिको विकासमा चलचित्र पत्रकार संघको भूमिका महत्त्वपूर्ण रहनेमा जोड दिँदै महासंघ सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
अध्यक्ष जोशीले सम्पूर्ण बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा यसलाई अझै राम्रो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै संघका सचिव श्रवण देउवाले यस क्षेत्रको कला संस्कृति जगेर्ना गर्न सुदूरपश्चिममा गठन भएको चलचित्र पत्रकार संघ नेपालले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निवर्तमान समितिका अधूरा कामहरू वर्तमान समितिको जिम्मेवारी रहेको उल्लेख गरे । प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष तेजराज भट्टले यो समितिले यहाँका स्थानीय कलाकार लगायत यहाँको संस्कृतिका विषयमा कलम चलाउन आग्रह गरे ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यूरे, प्रेस चौतारी नेपालका जिल्ला सह सचिव दिनेश विष्ट लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका कोषाध्यक्ष सीताराम ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !