काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से झिनो अंकले घटेको छ । बिहिबार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०३ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज ४.३० अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा १२१ कम्पनी बढेका छन् भने ११७ कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटे पनि निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनि र मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतको उछाल आएको छ । त्यस्तै आज पनि हिमालयन रिइनस्युरेन्स कम्पनीको शेयरमा ९.९९ प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन बैंक लिमिटेडको प्रमोटर शेयर रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा पनि हिमालयन बैंक लिमिटेडकै प्रमोटर शेयर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !