काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली आज सार्वजनिक हुने भएको छ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार बिहीबार उम्मेदरहरुको नामावली प्रकाशन गरिन लागिएको हो।
उम्मेदवारी दिएकाहरुको मनोनयपत्रमाथि बुधबार जाँचबुझ भएको थियो। बुधबार नै उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता गरेको थियो। यस्तै, मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार उजुरी आह्वान गरेको थियो। बुधबार हरेक उम्मेदवारको मनोनयनपत्रका साथै सो उपर कुनै उजुरी परे नपरेको जाँचबुझ गरिएको थियो।
मनोनयपत्र दर्ता भएका उम्मेदवारको मननोयनपत्र तथा उजुरी उपर जाँचबुझ भएपछि बिहीबार नामावली प्रकाशन गरिने भएको हो। त्यसपछि आयोगले उम्मेदवारहरुलाई नाम फिर्ताको समय दिनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगको निर्धारण गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। यस्तै, शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !