काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.२८ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज ५.२४ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ८१ कम्पनी बढेका छन् भने १५९ कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटेता पनि तेह्रथुम पावरको शेयरमा १० प्रतिशतको उछाल आएको छ । आज बजारको सबै सब इन्डेक्स घटे पनि हाइड्रोपावरको सब इन्डेक्स भने २५.१६ अंकले बढेकोछ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने र सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !