काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिट निवेदनको पूर्ण सुनुवाई अगामी माघ ९ गते हुने भएको छ ।
पुस १३ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको हो । रिट निवेदकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गरेकोमा सो सन्बन्धमा पूर्ण सुनुवाइबाट निर्णय हुनु पर्ने देखिएको आदेशमा मार्फत भनिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम योग्यता नै नपुगि गभर्नर नियुक्त भएको भन्दै सर्वोच्चमा रिट परेको हो ।
सर्वोच्च अदालतले गभर्नर अधिकारीले दायर गरेको रिट निवेदन सरकारले गभर्नरबाट निलम्बन गर्ने निर्णयविरुद्ध गभर्नर अधिकारीले दायर गरेको रिट निवेदनलाई समेत एकसाथै राख्न शैक्षिक योग्यतामा प्रश्न उठाएको विषयमा सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको छ ।
अधिवक्ता दीपकराज जोसीसहित ४ जना अधिवक्ताले पुस ११ गते बुधबार नै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !