धनगढी । धनगढीको माया मेट्रो हस्पिटलका प्रबन्ध निर्देशक एवं वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मोहन साउँद सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेशमा कार्यरत रही डा.साउँदले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै कैलालीको घोडाघोडी नगरपालिका ८ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ५१ औं बार्षिक उत्सव कार्यक्रममा सम्मान गरेको हो । बार्षिक उत्सव तथा अभिभावक दिवसमा डा.साउँदलाई कदर पत्र सहित सम्मान गरिएको हो ।
माया मेट्रो हस्पिटलको स्थापना कालदेखि सोही हस्पिटलमा कार्यरत डा. साउदले नवजात शिशु तथा बालरोग सम्बन्धि विरामीको उपचार गर्दै आइराख्नु भएको छ । साउदले कक्षा ४ सम्मको औपचारिक शिक्षा घोडाघोडी नगरपालिका ८ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयबाट लिएका थिए । आप्नो विद्यालयमा अध्ययन गरेको विद्यार्थी डक्टर भएर सुदूरपश्चिम प्रदेशका लागि ठूलो योगदान दिएर निरन्तर विरामीको सेवामा लागिरहेकाले थप हौसला बढाउन सम्मान गरिएको विद्यालय परिवारको भनाई छ । उनले आर्थिक समस्याका कारण उपचार गर्न नसक्ने घोडाघोडीबासीलाई विगत लामो समयदेखि उपचारमा सहयोग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !