धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थीत पार्कमोडमा रहेको भीम उद्यान पार्कलाई स्तरियकरण गरि आधुनिक पार्कको रुपमा विकास गरिने भएको छ । आज धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत् स्तरिकरण पछि बन्ने आधुनिक पार्कको डिपिआर सार्जजनिक गरि भिम उद्यानलाई आधुनिक पार्कको रुपमा विकास गरिने जानकारी दिएका हुन् ।
भीम उद्यानलाई स्तरियकरण गरि आधुनिक पार्क निर्माण गरि सुरुवात व्यवसाय गर्ने युवालाई विशेष ध्यानमा राखी ५०० जना युवालाई प्रत्यक्ष आय आर्जनमा सहभागि हुने गरि रात्रीकालिन बजार संचालन गरिने लक्ष्य लिइएको छ ।
३६ करोडको लागनीमा बन्ने आधुनिक पार्क दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । संघीय सरकारको सहरी विकास मन्त्रालय र नगर विकास कोषको ऋण सहयोगमा पार्कको निर्माण गर्ने प्रस्ताव रहेको छ ।
धनगढी उप-महानगरपालिकाले नगर विकास कोषलाई १७ बर्षमा ऋण चुक्ता गर्ने प्रस्ताव रहेको मेयर हमालले जानकारी दिएका छन् ।स्तरियकरण पछि बन्ने आधुनिक पार्कमा जेष्ठ नागरिक पार्क, बालबालिक पार्क , युवा पार्क र म्युजिकल फाउन्टेन छुटाछुटै राखिने बताइएको छ ।
साथै पार्क भित्र लेजर सो हलको समेत निर्माण गरिने जनाइएको छ । जहाँ सुदूरपश्चिमका सामाजिक धार्मिक धरोहर, पर्यटनकीय स्थल, खाना परिकार , भेषभूषा, संस्कृती चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साझ प्रस्तुति गरिने छ । जसबाट सुदूरपश्चिमका सम्पूर्ण धार्मिक समाजिक धरोहर, पर्यटनकीय स्थल, खाना परिकार , भेषभूषा, संस्कृतीहरू चिनाउन महत्त्वपूर्ण भूमिका गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !