काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि नेपालमा मूल्य यथावत राख्ने निर्णय गरेको छ ।निगम संचालक समितिले पेट्रोल, डिजेलरमट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार (डिसेम्बर ३१ मा) प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ पैसाले वृद्धि भइ आएको जनाएको छ । यस्तै, डिजेलको भने प्रतिलिटर १२ पैसा र खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर २० पैसाले घटेर आएको निगमको भनाई छ । तर, निगमलाई एलपी ग्यासमा प्रतिसिलिण्डर ३०० रुपैयाँ ४१ पैसाले नोक्सानी रहेको छ ।
सोही सन्दर्भलाई लिएर हाललाई पेट्रोलियम र खाना पकाउने एलपीको ग्यासको भाउ यथावत राखिएको निगमले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !