धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८, फूलवारीमा सुदूरपश्चिम लोक सांस्कृतिक महोत्सव तथा प्रादेशिक खुला डेउडा प्रतियोगिता हुने भएको छ । भुवा पर्वको अवसरमा सुदूरपश्चिम लोक साँस्कृतिक समाज फूलवारीको आयोजनामा महोत्सव तथा डेउडा प्रतियोगिता हुन लागेको हो ।
समाजले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुष २५ गतेदेखि २९ सम्म महोत्सव सञ्चालन हुने जनाएको छ । लोक संस्कृति, परम्पराको संरक्षण र प्रवद्र्धन गर्न महोत्सव तथा प्रदेश स्तरीय डेउडा प्रतियोगिता गर्न लागेको समाजका अध्यक्ष तिलकबहादुर ओलीले बताए ।
महोत्सवमा भुवो, पञ्चेवाजा, सखिया, मारुनी, तामाङ सेलो र चर्चित र्रााष्ट्रय डेउडा कलाकारका सांगितिक प्रस्तुतिलगायत विविध संस्कति झल्किने आकर्षक कार्यक्रम रहने उनले बताए ।
डेउडा प्रतियोगिता सुदूरपश्चिमका ९ वटै जिल्लाका तथा अन्य प्रदेश तथा जिल्लाबाट आउने महिला तथा पुरुष कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ । डेउडा प्रतियोगितामा प्रथम हुनेलाई रु ४० हजार,द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु१० हजार पुरस्कार रहेको जनाइएको छ ।
प्रतियोगिताका लागि समूह दर्ता शुल्क रु १ हजार रहेको, प्रत्येक टिममा ५ देखि १५ जना खेलाडी समावेस गर्न सकिने तथा पुस १३ गेतदेखि २४ गते बेलुका ४ बजेसम्म दर्ता समय रहेको आयोजकले जनाएको छ । महोत्सव धनगढी उपमहानगरपालिका–१८ फूलबारी हुने तथा महोत्सव प्रवेश निःशुल्क रहेको जनाइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !