काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बुधवारदेखि फोर्स लिभमा बसेका छन्। कार्यकाल सकिन ९ दिन बाँकी हुँदा उनी एक हप्ताका लागि बिदामा बसेका हुन् । उनको कार्यकाल पुष २० गते सकिँदैछ । हमाल बिदामा रहेका बसेपछि बोर्डको निमित्त प्रमुखको भूमिका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिइएको सेबोनले बताएको छ ।
तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि बर्खास्तीमा परेका थिए । ढुंगाना कार्यकाल पूरा नगर्दै बर्खास्त भएपछि हमाललाई सरकारले बाँकी अवधिका लागि नियुक्त गरेको थियो । बाँकी अवधि आगामी २० गतेदेखि पूरा हुने भएपछि हमाल कार्यकारी निर्देशक विनयदेव आचार्यलाई कार्यबाहकको जिम्बेवारी सुम्पिएर बिदामा बसेका हुन् ।
हमाल बिदा हुन लागेपछि अबको अध्यक्ष को बन्ने भन्ने सर्वत्र चासो छ । नयाँ बोर्ड अध्यक्षका लागि सरकारले चाहेमा हमाल पुनः आकांक्षी देखिन्छन् । हमालसँगै केन्द्रीय बैंकको निर्देशक एवं बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) का पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं, बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी लगायत आकांक्षी छन् । डा.अधिकारीमा नेतृत्व क्षमता नभएको बोर्डभित्रै चर्चा हुने गरेको छ ।
अर्थनिकट श्रोतका अनुसार सरकार हमालकै पक्षमा पोजिटिभ छ । हमालले पूरा कार्यकाल काम गर्न नपाएका कारण पनि उनलाई दोहोराउने सम्भावना रहेको अर्थमन्त्री महत निकट श्रोत बताउछ ।
हमाल पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस सांसद आर्जु राणासँग नजिक व्यक्ति हुन् । आर्जु राणाकै रोजाइमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले हमाललाई बोर्ड अध्यक्षको रुपमा नियुक्त भएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !