काठमाडौँ । यो साताको अन्तिम कारोबार दिन पनि नेप्से झिनो अंकले घटेको छ । बिहिवार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः ०.०९ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज ४.२९ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा १०३ कम्पनी बढेका छन् भने १३५ कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटेता पनि यो भिजन लुम्बिनी उर्जा कम्पनी को शेयरमा १० प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोवार एचडिएचपीसी रह्यो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !