काठमाडौँ । यो साता दुई दिन बिदा पछि खुलेको नेप्से दोहोरो अंकले घटेको छ । बुधवार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः ०.८२ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज ५.२४ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ८३ कम्पनी बढेका छन् भने १५९ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटेता पनि यो दिन नेपाल इन्स्युरेन्स लि, इन्फिनिटी लघुवित्त, मनकामना हाइड्रोपावर र चिर्ख्वा हाइड्रोको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !