युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार खत्रीले दिए राजीनामा

२०८० फागुन ०३ गते

युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार खत्रीले दिए राजीनामा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजीनामा दिएका छन् ।अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछि डेपुटी सीईओ भएका थिए ।

उनले अहिले सञ्चालक समिति समक्ष राजीनामा दिएका छन् । उनी २०७५ साल जेठमा अजोडमा सिईओ नियुक्त भएका थिए ।

Advertisement:

Ad
Ad

नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालिन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै युनाईटेड अजोडमा थिए ।