२०८० फागुन २७ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्मको देशको आर्थिक अस्थाको विवरण प्रकाशित गरेको छ ।
मूख्य बुँदामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिलाई हेर्दा -
आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ ।
त्यस्तै कूल आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ । विस्तृत मुद्रा प्रदाय ७.० प्रतिशतले बढेका ेछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १३.७ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया