नेप्सेमा ४७ अंकको सुधारसँगै परिसूचक २६ सय विन्दुभन्दा माथि

२०८२ पुस १३ गते

नेप्सेमा ४७ अंकको सुधारसँगै परिसूचक २६ सय विन्दुभन्दा माथि

काठमाडौँ।  साताको पहिलो कारोबार दिन सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढ्दै २६३३.४२ विन्दुमा बन्द भएको हो। अघिल्ला दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन उच्च अंकले बढेको हो।

आज राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक समझदारीले लगानीकर्ताको मनोबल बढाएको बताइएको छ।

Advertisement:

Ad
Ad

कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। ३२८ स्टकको ८९ हजारभन्दा बढी कारोबारबाट ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो।

यस दिन सबै १३ उपसमूहको परिसूचक बढेका छन्, जसमा वित्त उपसमूह २.७० प्रतिशतले अग्रस्थानमा रह्यो।