वैदेशिक व्यापारमा जेनजी आन्दोलनको शुन्य प्रभाव, चाडबाडको मुखैमा बढ्यो आयात र निर्यात

२०८२ असोज ०७ गते

वैदेशिक व्यापारमा जेनजी आन्दोलनको शुन्य प्रभाव, चाडबाडको मुखैमा बढ्यो आयात र निर्यात

काठमाडौ । चालु आर्थिक वर्ष २०८२/८३ को  दुई महिनामा (साउन -भदौ)  साढे ३ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

आयात निर्यातको तथ्यांक राख्ने भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार बराबरको वैदेशिक व्यापार भएको छ । यो भनेको अघिल्लो आव सोही अवधिको तुलनामा २२.५४ प्रतिशत धेरै हो । गत आव भदौसम्म २ खर्ब ८७ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

Advertisement:

Ad
Ad


यसमा वस्तु आयात गत आर्थिक वर्षको पहिलो २ महिनाको आयातको तुलनामा १६.२३ प्रतिशत बढी हो । गत आर्थिक वर्षका साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।


दुई महिनामा निर्यात भने ८८.५७ प्रतिशतले वृद्धि भएको छ । भदौसम्म ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष भदौसम्म २५ अर्ब ९ करोडको वस्तु निर्यात भएको थियो ।


दुई महिनामा डिजेल पेट्रोल, एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थ ४५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ बराबरको आयात भएको छ । यस्तै स्टिल तथा पmलामका वस्तु २२ अर्ब ९७ करोड ५३ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ । सोयाबिन,पाम र सुर्यमुखी तेल लगायतका वस्तु करिब साढे २७ अर्बको आयात र साढे २३ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ ।