विश्व पौडेलविरुद्ध दायर मुद्दा रित नपुगेको भन्दै सर्वोच्चले गरेन दर्ता

२०८२ जेठ ०२ गते

विश्व पौडेलविरुद्ध दायर मुद्दा रित नपुगेको भन्दै सर्वोच्चले गरेन दर्ता

काठमाडौं । सर्वोच्च अदालतले अर्थविद् डा. विश्व पौडेलविरुद्ध दायर भएको रिट दरपीठ गरिदिएको छ । सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेका हुन्।

मंगलबार अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलविरुद्ध गत मंगलबार  रिट दिएका थिए। तर, चार दिनपछि रित नपुगेको भन्दै सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको हो।

Advertisement:

Ad
Ad

अधिवक्ताद्वयले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दिएका थिए।