२०८२ चैत २६ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी प्रक्रिया तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अन्तरिम ओश जारी गरेको छ । ६० औँ साधारणसभा र निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो । पेट्रोलियम ढुवानी महासंघलाई उद्योग वाणिज्य महासंघको सदस्यता दिए पनि भोट हाल्ने अधिकार नदिएपछि अदालत गएको र मतदान अधिकार नदिने गरि महासंघले रोक लगाउन नमिल्ने आदेश भएको हो ।
चैत २२ गते नेपाल पेट्रोलियम ढुवानी महासंघले दायर गरेको रिटमा २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा बिहीबारको इजलासले अन्तरिम आदेशसहित निरन्तरता दिएको हो।
प्रतिक्रिया