२०८२ मंसिर १७ गते
काठमाडौ । जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनीधिसभाको पुर्नस्थापनाको माग गर्दै एमालेले हालेको रिटमा सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।
के कति कारणले पुर्नस्थापना गर्नुपर्ने हो, कानुनी आधार के छन् भन्दै सर्वोच्चले सात दिनभित्र लिखित जवाफ पठाउँन भनेको छ । एमालेका तर्फबाट महेश बर्तौलाले मंसिर ९ मा सर्वोच्चमा रिट हालेका थिए ।
बुधबार सर्वोच्चले बाटोको म्याद बाहेक सातदिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।
प्रतिक्रिया