२०८२ असोज १२ गते
काठमाडौ । सहकारीमा संकट परेपछि सहकारीहरुको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को ‘होस’ खुलेको छ । यसैले नेफ्स्कूनले आफ्ना संस्थाहरुको अनुगमनका लागि स्क्यान कार्यक्रम अघि सारेको छ । नियमित निरक्षण अनुगमन कार्यक्रम (स्क्यान) मार्फत सहकारीको सघन अनुगमन गरिरहेको नेफ्स्कुनले ७०० संस्थाको अनुगमन गरेको छ । यसले संस्थामा संकट पर्न नदिने विश्वास उसको छ । स्क्यान मार्फत अनुगमन भएका सहकारीको जिम्मा नै नेफ्स्कुनले नै लिनेछ भने त्यसमा आवद्ध नभएकाको जिम्मा लिनुपर्ने आवश्यकता नेफ्स्कुनले देखेको छैन ।
नेफ्स्कुनले पछिल्लो समय सघन अनुगमनका लागि प्रयोग गरेको स्क्यान कार्यक्रम के हो, सहकारीको समस्या समाधानमा यसको भुमिका र नेफ्स्कूनको आगामी कार्ययोजनाको विषयमा वाणिज्यपोष्ट लागि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटासँग गरिएको कुराकानीको अंश :
पछिल्लो समय स्क्यान (नियमित निरिक्षण अनुगमन कार्यक्रम) मार्फत सहकारीको अनुगमनलाई तिब्रता दिइरहनु भएको छ । स्क्यान भनेको के हो, कसरी हुन्छ अनुगमन र यसको औचित्य के हो ? बुझ्ने गरी बताइदिनुस् न ?
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ पछिल्लो संविधान अनुसार प्रदेश संघ, जिल्ला संघ र प्रारम्भिक सहकारी संघ गरी तिनवटा संगठनको केन्द्रिय संघ हो । सहकारी ऐन २०७४ मा भएको व्यवस्था आफ्ना सदस्यको अनुगमन, सुपरिवेक्षण, नियमन गर्ने र त्यसको प्रतिवेदन सहकारी विभागमा पेश गर्ने भन्ने विषय दफा ९९ मा उल्लेख छ । यस अघि पनि संघले सदस्य संस्थाहरुको हित प्रवद्र्धन गर्ने गरी काम गरेको थियो । नेफ्स्कुनमा आवद्ध भएका सदस्य संस्थालाई सुशासनमा राख्नुपर्ने र संस्थाको क्षमता विकास गराउँने क्षेत्रमा संघले काम गर्छ । त्यसरी काम गर्दा सदस्य संस्थाहरु कुन अवस्थामा छन्, तिनिहरु नीति तथा विधिबाट चलेका छन की छैन अथवा समयमा साधारण सभा गरेका छन की छैनन, बैठक कसरी बस्छ, विनियम कस्तो बनाएका छन्, नीति तथा योजना कस्तो बनाएका छन् र वित्तिय मापदण्डमा कतिको सन्तुलन कायम गरेका छन् भनेर स्क्यानले हेर्छ । त्यसको सन्दर्भ पनि कसरी पालना गरेका छन्, सन्दर्भ कसरी गणना गरेका छन् भनेर हेर्ने र सिकाउँने काम स्क्यान कार्यक्रम मार्फत हुन्छ । २०६३ सालमा एशियाली ऋण महासंघले एशिया भरिका बचत तथा ऋण सहकारी संस्थाका गुणस्तर सुनिश्चितता कार्यक्रम ल्यायो । । गुणस्तर सुनिश्चितताले पनि अनुगमन नैं गर्ने हो तर अनुगमन संगसँगै स्तरीय संस्था निर्माण गर्न त्यसले प्रेरित गर्छ । गुणस्तर सुनिश्चितता भनेको प्रतिस्पर्धामा दौडने मात्र नभई सबैले एउटा न एउटा लेभलमा संस्था सञ्चालन भएको हुनुपर्छ भन्ने हो ।
प्रविधिलाई आत्मसात गरेका र सुशासनमा चलेका सबै सदस्य २०८२ मा स्क्यान भन्ने कार्यक्रममा रहनुपर्छ भनेर सोही मार्फत अनुगमन गरिरहेका छौ । स्क्यान भनेको सुपरभाइजरी चेक हो । त्यसले वित्तिय अवस्था कस्तो छ, सदस्यसँगको सम्बन्ध कस्तो छ, सिकाइको अवस्था कस्तो छ र आन्तरिक सञ्चालन कस्तो छ भनेर हेर्ने हो । जोखिमका क्षेत्रमा कस्तो अवस्था छ र त्यसको न्युनिकरण कसरी हुन्छ भनेर अनुगमन गर्छौ । कुन कुन ठाउँमा जोखिम देखिन्छ भनेर रातो, हरियो, निलो र पहेलो गरेर चार रंगमा छुट्याएका छौ । त्यो हाम्रो प्रणालीले अटोमेटिकल्ली कलर छुटिन्छ ।
चार वटा कलरको अर्थ के हो ?
रातोले उच्च जोखिममा भएको, पहेलो जोखिममा रहेको, निलो भयो भने जोखिम उन्मुख, हरियो भनेको सुरक्षित तथा स्वस्थ भन्ने हो ।

पहिले पहिले पनि तपाइहरु अनुगमन भन्दै हिड्नुहुन्थ्यो, ती अनुगमन औचित्यहिन देखिएर स्क्यानको साहारा लिएको हो ?
शुरुमा हामी अनुगमनमा भन्दा पनि ब्राण्डमा फोकस भयौ । क्षेत्रिय रुपमा नै त्यस्तै कुरा आए । संस्थाहरु जब नीति विधिमा व्यावसायिक भएर चले अब चाहि पहिचान दिनुपर्यो भनेर ब्राण्डिङ प्रवद्र्धन गर्दै गयौ । त्यसमा पनि जोखिम त थिए । अब अहिले सबै सहकारी संस्थामा जोखिमको क्षेत्र कस्तो छ भनेर अनुगमन भइरहेको छ ।
पछिल्लो समय सहकारीमा विश्वासको संकट देखियो अब स्क्यान मार्फत अनुगमन गर्दा त्यो संकट पार होला ?
एउटा सहकारी क्षेत्रमा चुनौती देखिएको कारण चाहि सबैले बचत ऋणको कारोबार गरे । जति पनि बचत उठाउन पाउने तथा ऋण लगानी गर्न पाउने अवस्थाकै कारण यो संकट आएको हो । नियमनकारी निकायको बाक्लो उपस्थिती पनि भएन । २०७२ को संविधान पछाडी त प्रादेशिक संरचनामा गइसकेपछि सहकारी विभागका सबै डिभिजन कार्यालय खारेज भए । स्थानीय निकायको नियमनमा ८० प्रतिशत सहकारी संस्था गए । १९ प्रतिशत प्रदेशमा गए र १ प्रतिशत मात्र संघमा रह्यो । पालिकाबाट अनुगमनका लागि जनशक्ति क्षमता पुग्न सकेन । अनि त्यसपछि संकट सृजना गर्यो । व्यक्तिले अल्पकालिन प्रतिफलमा लोभिएर लगानी गरे तर भनेजसरी व्यवसाय फस्टाएन र यसले ऋण तिर्नसक्ने क्षमता गुम्यो । सहकारीमा विकराल स्थिती आयो । अनुगमन गर्न सरकारले पैसा दिदैन यो त हामीले स्वनियमन प्रवद्र्धन गर्नका लागि गरेका हौ । ७०० वटालाई अनुगमन गर्न सकेका छौ । र अब विस्तारै सबै सहकारीको अनुगमन स्कयानमार्फत हुन्छ । केन्द्रिय संघमा आवद्ध सहकारीको संघले जिम्मा लिनु पर्ने प्रश्न हामीलाई तेर्सिएपछि स्क्यान मार्फत अनुगमन गर्न थालेका हौ । स्क्यान मार्फत अनुगमन भएका संस्थाको जिम्मा हामी लिन्छौ । स्क्यानमा नआएका संस्थाको जिम्मा हामीले लिनुपर्छ भन्ने छैन ।

नेफ्स्कुनमा आवद्ध सहकारी जसमा समस्या देखिएको थियो त्यसको समाधानतर्फ तपाईहरुले कस्तो पहल गरिरहनु भएको छ ?
४ हजार संस्था नेफ्स्कुनमा आवद्ध रहेकोमा ४३ वटा संस्थामा मात्र समस्या देखिएको हो । ऋण लगानी गरेका र केन्द्रिकृत भएकाहरुमा समस्या देखिएको हो । सुशासनमा भएकाहरुमा कुनै समस्या देखिएको थिएन । केही संस्था बन्द भए केही समस्याग्रस्त घोषित भए । जुन संस्थामा समस्या देखियो ती संस्था हाम्रो अनुगमनमा थिएनन् । अनुगमनमा बस्नुस, रिभ्यू मिटिङमा बस्नुस भन्दा पनि मानेन् र समस्यामा परे । तर समस्या परिसकेपछि चाहि केही उपाय छ की भनेर आउन थाले अन्तिम स्टेजमा आउनेक्रम पनि चलिरहेकै छ ।
सहकारीहरुले अत्यधिक लगानी गरे तर त्यो लगानी फिर्ता लिन सकेनन् जसले गर्दा समस्या आयो भन्नुभयो । यस्तो परिवेशले नेफ्स्कुन आफु चाहि कस्तो अवस्थामा पुगेको छ जस्तो लाग्छ ?
हामी सदस्य संस्थाको संघ हो भने संस्था व्यक्तिको हो । संघ भनेपछि व्यक्तिले संस्थामा राखेको पैसा संस्थाले संघमा राख्ने हुन् । ऋण संस्थाले तिर्न नसकेपछि नेफ्स्कुनमा राखेको पैसा झिक्न थाले । अहिले हाम्रो भाका नाघेको ऋण १ अर्ब भन्दा माथि रहेको छ । हामी पनि प्रभावित बनेका छौ ।
तपाई नेफस्कुनमा दोस्रो पटक सीईओ बनेर दुई वर्ष बिताइसक्नु भयो । पहिलो पटक नेफ्स्कुनमा रहदा र त्यसपछि फेरि पुनरागमन गर्दा त्यो बिचमा नेफ्स्कुनलाई कस्तो अवस्थामा पाउनु भयो ?
अघिल्लो समय पनि म यहाबाट बाहिरिदा मैले सहकारी क्षेत्रमा काम गरेको १४ वर्ष भएको थियो । हरेक विकासका चरणमा म आफै थिए । प्रवद्र्धन, व्यावसायिककीरकणको सबै स्टेज सकिसकेको थियो । दीगोपनाका लागि भनेर सेवा कार्यालय धेरै ठाउँमा खुलिसकेका थिए । सदस्यलाई वित्तिय समाधान दिनुपर्छ भनेर हामीसँग थुप्रिएको पैसा ऋण लगानी गरियो । ऋण लगानी गर्दाको बजार र अहिलेको बजार उस्तै छैन । एउटा राम्रो मूल्य दिएका अचल सम्पत्तिको अहिले मूल्य छैन । हामीले अझै दीगोपना, सुरक्षाका विषयमा रोडम्यापमा क्लियर हुन सकेका छैनौ । हाम्रो सदस्यलाई वित्तिय समाधान, शारिरिक समाधान, नीति विधिका समाधान दिन अझै सकेका छैनौ । हामी अन्र्तराष्ट्रिय निकायसँग पनि आवद्ध छौ । अब हामी स्पेसलाइज्ड हुन खोज्दैछौ । सघन अनुगमन गरिरहेका छौ ।
नेफ्स्कुनको हालको वित्तिय अवस्था कस्तो छ, गैरबैकिङ सम्पत्तिको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हामो प्रारम्भिक संस्थाले तोकेको जस्तो धेरै सेयरपुँजी पुगेको छैन । २२ अर्बको वासलातमा १ अर्ब ४६ करोड रुपैयाँ जति सेयरमा छ । १८ अर्बको बचत छ । जोखिम ऋण १ अर्बभन्दा माथि छ, त्यसलाई व्यवस्थापन गर्छौ । प्रोभिजन गर्नुपर्ने गरिसकेका छौ । हामीले लाभांश वित्तरण गरेका छैनौ र अहिले पनि गर्दैनौ । कोषमा ७० करोड रुपैयाँ छ । सुरक्षाको हिसाबले ठिक छ तर गैरबैकिङ सम्पत्ति २ अर्ब ३० करोड भन्दा माथि छ । यहि हप्ता नै १२ करोडको गैरबैकिङ सम्पत्ति सेटल गरेका छौ । हाम्रो योजना साधारण सदस्यसम्म जादाखेरी १ अर्बमा झार्ने भन्ने हो ।

अन्तमा नेफ्स्कुनको आगामी योजना के छ ?
अहिले हामी सञ्जाल व्यवस्थापनको चरणमा छौ । । २०७१ देखि अर्थात यो १० वर्ष हाम्रो सदस्य र हामी बिचमा एउटै सञ्जाल हुनुपर्छ भनेका छौ । जस्तो एनटिसिको सिम किनेपछि एनटिसिको टावर सबैसँग कनेक्सन हुन्छ । त्यस्तै हाम्रा सदस्यहरुपनि एउटै होउन, सबै एउटै देखिउन् भन्ने हो । एउटै प्रविधि प्रयोग गर्न सेन्ट्रलाइज सर्भर सिस्टमको परिकल्पना गरेका छौ । नीति विधि एउटै होस भनेर अगाडी बढेका छौ ।
प्रतिक्रिया