२०८१ पुस ०९ गते
काठमाडौ । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । बजार १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.५४ प्रतिशतले बढेको हो ।
आजको बजार तीब्र उतारचढावका विच अन्तमा बढेर बन्द भएको हो । यस दिन ५ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा ३१२ कम्पनी सामेल थिए । एक दिन सेयर कारोबार रोक्का राखेर आजैमात्र कारोबार फुक्का भएको आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ५ हजार ३ सय ९७ रुपैयाँ पुगेको छ ।
यस्तै गुराँस लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य २ हजार ३७६ रुपैयाँ पुगेको छ भने सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेर २ हजार ५४.८० रुपैयाँ पुगेको छ । आज उत्पादन तथा प्रशोधन समुह र ट्रेडिङ समुह बाहेक सबै समुहमा बढोत्तरी छ ।
प्रतिक्रिया