२०८२ असार ०२ गते
काठमाडौ । सोमबार सेयर बजारमा उछाल आएको छ । आज कारोबार रकम ह्वात्तै बढेको छ । बजार ३.४० अंकले बढेर २६५९.२६ विन्दुमा अडिएको छ भने कारोबार पनि १३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।
आज ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार कित्ता सेयर खरिद बिक्रि भएको हो । पियोर इनर्जी लिमिटेड र पिपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी सेयर खरिद बिक्रि भएको छ । यसको ९५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको हो । आज होटेल तथा पर्यटन समूहमा बढोत्तरी छ । दोस्रो बढी कारोबार ङादी ग्रुप पावर र तेस्रो स्थानमा बुटवल पावर कम्पनी परेका छन् ।
प्रतिक्रिया