२०८२ असार ०६ गते
काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफल गर्ने कार्यसूचि रहेपनि मन्त्रीहरु अनुपस्थित भएपछि सांसदहरुले प्रश्न उठाएका छन् । आजको बैठकमा ६ वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेपनि मन्त्रीहरूको अनुपस्थितिमै बजेटमाथि छलफल सुरु भएको छ।
मन्त्रीबिना बजेटमाथि छलफल सुरु गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदनमा मन्त्री अनुपस्थित भएको भन्दै प्रश्न उठाए। यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई हेपेको आरोप लगाए।
सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै बजेटमाथिको छलफल अगाडि बढाएका हुन्। सांसदहरूले विरोध गरेपछि सभामुख घिमिरेले युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसम्बन्धी विनियोजन कार्यक्रम सूचिबाट हटाएका छन्।
प्रतिक्रिया