साञ्जेन जलविद्युतको साधारण सभा स्थगित

२०८० फागुन ३० गते

साञ्जेन जलविद्युतको साधारण सभा स्थगित

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गते कुण्डलिनि दरबार व्यांक्वेट, चण्डोल, काठमाडौंमा विहान ११ बजे उक्त सभा आयोजना गर्ने यस अघिनै तयारी गरेको थियो । कम्पनीले बुधवार सूचना सार्वजनिक गर्दै विशेष कारण बस सो साधारण सभा गर्न नसक्ने जानकारी गराएको हो ।

फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १३औं वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । स्थगित साधारण सभा आगामी दिनमा गर्नका लागि पुनः सूचना जारी गर्ने जानकारी समेत कम्पनीले दिएको छ । यो साधारण सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएको थियो ।

Advertisement:

Ad
Ad

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना महिलासहित दुई जना सञ्चालकको निर्वाचन निर्वाचनको कार्यक्रम समेत तय भएको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गरिसकेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको १३औं वार्षिक साधारण सभामा सहभागी हुन योग्य भएका छन् । कम्पनीले स्थगित वार्षिक साधारण पुनः आव्हान गर्दा बुक क्लोजको मिति भने यहि कायम हुनेछ ।