सानिमा रिलायन्सको कारोबारमा छलाङः चुक्ताुपुँजी दोब्बरले बृद्धि, निरन्तर नाफा गरेको कम्पनीको अरु सुचक कस्तो छ ?

२०८२ पुस २५ गते

सानिमा रिलायन्सको कारोबारमा छलाङः चुक्ताुपुँजी दोब्बरले बृद्धि, निरन्तर नाफा गरेको कम्पनीको अरु सुचक कस्तो छ ?

काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कारोबारमा छलाङ मारेको छ । विगत पाँच बर्षमा आफ्नो चुक्तापुँजी दोब्बरले बृद्धि गरेको छ भने नाफा पनि निरन्तर बढीरहेको छ ।

कम्पनीको नवौ बार्षिक प्रतिवेदनले पाँच वर्षअघि १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको २०८१/८२ सम्म आइपुग्दा ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुगेको देखाएको छ । हरेक बर्षजसो चुक्तापुँजीमा बृद्धि भएको देखिन्छ ।

Advertisement:

Ad
Ad

यस्तै सानिमा रिलायनसको जीवन बिमाकोषको आकार पनि २ अर्ब १५ करोडबाट बढेर १९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।  २०७७/०७८ मा २ अर्ब १५ करोड भएको यसको जीवन बीमा कोष १९ अर्ब २१ करोड रुपैयाँ पुगेको हो । यस्तै २०७७/०७८ मा ६३ लाख १६ हजार रुपैयाँ नाफा गरेको देखिन्छ । त्यसपछि २०८१/०८२ मा ५५ करोड ६९ लाख ७६ हजार ६ सय १ रुपैयाँ नाफा गरेको छ । कारोबार शुरु गरेको छोटो अवधिदेखि नै निरन्तर प्रगि गरिरहेको कम्पनीका अध्यक्ष रतनलाल केडियाले बताएका छन् । 


कम लागतमा बीमा योजना तर्जुमा गर्नुपर्नेबीमा साक्षरता राज्यभर सञ्चालन गर्ने व्यवस्था मिलाउँने र समयसापेक्ष जीवन बीमा योजना बजारमा ल्याउनुपर्ने जस्ता विषयमा सुधार ल्याउनुपर्ने केडियाको प्रतिवेदनमा उल्लेख छ ।