सन्दीप र ललित अस्ट्रेलियाको बिग बास लिगको ड्राफ्टमा

२०८१ भदौ १२ गते

सन्दीप र ललित अस्ट्रेलियाको बिग बास लिगको ड्राफ्टमा

काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को  ‘ड्राफ्ट’ मा परेका छन् ।

बिबीएलले बुधबार सार्वजनिक गरेको ‘ड्राफ्ट’को सुचीमा नेपालका सन्दीप र ललित अटाएका हुन् । ‘ड्राफ्ट’ मा ३० देशका चारसय ३२ खेलाडी रहेका छन् । जसबाट सेप्टेम्बर १ तारिख खेलाडीको छनोट हुनेछ ।

Advertisement:

Ad
Ad

सन्दीपले यसअघि पनि बिबीएल खेलिसकेका छन् । ललित पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका हुन् । बिबिएल डिसेम्बर १५ तारिखबाट सुरु हुनेछ ।