सुनको मूल्य एकै दिन  ७ हजार ९ सय रुपैयाँले  घट्यो

२०८२ पुस १५ गते

सुनको मूल्य एकै दिन  ७ हजार ९ सय रुपैयाँले  घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad

हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ ।

सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।