सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च

२०८२ माघ ०७ गते

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रूपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।

Advertisement:

Ad
Ad