२०८२ माघ १२ गते
काठमाडौं । सुनचाँदीको मूल्य हरेक दिनजसो बढीरहेको छ । माघ १२ गते सोमबार पनि सुनको मूल्यले एैतिहासिक रेकर्ड कायम गरेको छ ।
यस दिन सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
यस दिन चाँदीको मूल्य तोलामा २८५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
ऐतिहासिक उचाई बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो ।
प्रतिक्रिया