२०८० पुस २६ गते
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद-(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
प्रतिक्रिया