सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

२०८२ भदौ १७ गते

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ

यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्

Advertisement:

Ad
Ad

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथामेरो सेयरअनलाइन प्रणालीमार्फत गर्न सकिनेछ

मुक्तिनाथ क्यापिटल लिमिटेडले यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको आईपीओ निष्कासन छिट्टोमा भदौ २९ गते ढिलोमा असोज गते बन्द हुने जनाएको

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको थियो