२०८३ असार २० गते
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार गठन भएयता १५ हजार जनाभन्दा बढीले न्यूनतम रोजगारी पाइसकेको बताएका छन्।
शनिबार सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहबाट छनोट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी प्राप्त गरेको दाबी गरे।
सरकार गठन भएयता १२३ प्रतिष्ठान र १ लाख ३६ हजार ५७५ योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको मन्त्री पोखरेलले जानकारी दिए।
उनले संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था भए पनि सरकारले आफ्नो प्रतिबद्धताअनुसार मन्त्रिपरिषद्लाई १७ सदस्यीयमा सीमित गरेको जानकारी दिए ।
यस्तै उनले मन्त्रालयको संरचनालाई घटाएर १८ मन्त्रालयमा सीमित गरिएको छ भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय थपेको जानकारी दिए । यसबाट राज्यलाई वार्षिक करिब २० अर्ब रुपैयाँ बराबर बचत हुने सरकारको अनुमान रहेको उनले बताए ।
प्रतिक्रिया