२०८१ कात्तिक ०२ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरी ले जनाएको छ।उनी विरुद्ध पक्राउ पुर्जी आजै जारी भएको हो ।जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।यतिखेर रास्वपा केन्द्रीय कार्यालय चस्मतिमा सभापति लामिछानेसहित पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू र कार्यकर्ताहरू पनि भेला भएका छन्।
प्रतिक्रिया