रास्वपाले चलाउँदै आएको हस्ताक्षर अभियान रोक्न एमालेको माग

२०८२ असार २३ गते

रास्वपाले चलाउँदै आएको हस्ताक्षर अभियान रोक्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले रास्वपाले चलाउँदै आएको हस्ताक्षर अभियान रोक्न माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्य थापाले यस्तो माग गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानलाई उनले नाटकीय अभियान भएको बताए । उनले रास्वपाले हस्ताक्षर अभियान चलाएर राजनीति गरेको आरोप लगाए । 

Advertisement:

Ad
Ad


त्यस्तै उनले १५ पेज लामो रवि लामिछानेको अपिललाई अपिल नभएर याचना भएको बताए । ‘प्रतिशोध भन्दै अहिले हस्ताक्षर जुन भईरहेको छ, त्यो खासमा राजनीतिको हो, राजनीतिक प्रोपोगान्डा हो, प्रचार हो र आफ्नो रोटी सेक्ने उपकरण हो’ थापाले भने । 

उनले सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यो हस्ताक्षरले बदल्न नसक्ने बताए । उनले अदालतले हस्ताक्षर हेरेर नभई तथ्य प्रमाण, बहस पैरवी हरेर फैसला गर्ने दावी गरे । ‘यो खुलेआम राजनीति हो । जिल्ला, उच्च र सर्वोच्च अदालतले सुनुवाई गरेका आदेश कसरी राजनीतिक प्रतिशोध हुन्छन् रु’ 

उनले रास्वपाले यसरी हस्ताक्षर अभियान चलाउन नपाउने समेत दावी गरे । ‘सर्वोच्चको आदेशको बर्खिलाप हुनेगरी भईरहेका क्रियाकलाप यसरी गर्न मिल्छ कि मिल्दैन रु मलाई लाग्छ यो किमार्थ मिल्दैन । शक्ति पृथकीकरणको संवैधानिक व्यवस्था विपरितको यस्तो कार्यले न्यायलयको गरिमामा समेत प्रश्न सिर्जना गर्ने काम गरेको छ । म यस्तो कार्य अविलम्ब रोक्न ध्यानाकर्षण गर्न चाहन्छु ।’