राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

२०८० पुस २७ गते

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिँदै छ।

Advertisement:

Ad
Ad

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापण गरेका छन् ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक,आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे,चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।